यस अस्पतालमा बाहिरङ्ग सेवा (OPD Service) बिहान १० बजे देखि दैनिक रूपमा संञ्चालन हुन्छ । इलाम अस्पतालमा दैनिक संञ्चालन हुने ओ.पि.डी.मा प्रसुति तथा स्त्रीरोग र जेनेरल मेडिसिनका बिरामी धेरै हुने गर्दछन् । यस अस्पतालमा आईतबार र बिहिबार ओ.पि.डी.मा बिरामीहरुको चाप धेरै हुने गर्दछ । सामान्यतया बाहिरङ्ग सेवामा औसत १८० जना बिरामीहरुले सेवा पाईरहेको देखिन्छ । यस अस्पतालमा राष्ट्रिय वीमा कार्यक्रम लागू भएकाले दैनिक जसो १२० देखि १३० जना वीमित बिरामीहुरूले सेवा पाइरहेका छन् । ओ.पि.डी मा बिरामी तथा डाक्टरहरुको लागि हालसम्म पर्याप्त कोठा तथा भौतिक सुबिधा छ । जनताको स्वास्थ्यलाई ध्यानमा राखी Covid माहामारीको समयमा पनि बाहिरङ्ग सेवा निरन्तर संचालनमा रहेको थियो।
बहिरङ्ग (OPD)
