प्रयोगशाला शाखा पनि अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड एनलाइजर मेसिनहरु, सेमी अटोमेटेड एनलाइजर लगायतका आधुनिक प्रबिधियुक्त उपकरणहरु जडान गरिएका छन् । यस शाखामा बिरामीहरुले नियमित गर्नु पर्ने जाँचका अतिरिक्त बिभिन्न प्रयोगशाला सेवाहरु पाइरहेका छन् । प्रयोगशालबाट गरीएका परीक्षणको संख्या प्रति बर्ष बढ्दो क्रममा छ ।
यस शाखाअन्तर्गत दिईने सेवाहरुमा…
- सि.बि.सि.
- युरिन कल्चर
- एच . आई. भी परीक्षण
- जिन एक्सपोर्ट सेवा
- क्षयरोगको परीक्षण
- आर.एफ.टी.,एल.एफ.टी
- थाइराइडको परीक्षण
- लिपिड प्रोफाईल आदि लगायत धेरै सेवाहरु पाईन्छ ।