बाहिरङ्ग सेवा संचालन भएकै भवनको सो तला भन्दा मुनीको दुई तलामा अन्तरङ्ग सेवा (Indoor Service) संचालित छ । अन्तरङ्ग सेवा दिनको लागि यस अस्पतालमा ४० ओटा बिरामी बेड संञ्चालनमा छन । अस्पतालको दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सक उपलब्ध भई सम्पूर्ण बिशेषज्ञ सेवा संचालन भएको अवस्थामा बिरामी राख्नको लागि आवश्यक स्थानको अभाव हुने अवस्था देखिन्छ । हाल Covid संक्रमित केही जटिल अवस्थाको बिरामीको उपचारको लागि ४ वटा HDU बेड सहितको ३० बेडको Covid वार्ड पनि तयर गरी संचालनमा ल्याइएको थियो । आवश्यकता अनुसार अन्य विभिन्न बेडहरु छुट्याइ संञ्चालनमा ल्याइएको छ । अन्तरङ्ग सेवा अन्तर्गत प्रसुति सेवा, सुरक्षित गर्भपतन सेवा, SNCU सेवा, जनरल मेडिसिन सेवा जस्ता सेवाहरु रहेका छन्
अन्तरङ्ग (Indoor)