अस्पतालको आकष्मिक कक्ष भनेको अस्पतालको पहिलो धारणा हो। यस शाखाबाट वितरण हुने सेवाले समग्र अस्पतालको सेवालाई अनुमान लगाउन सहयोग गर्दछ। यस अस्पतालमा १० बजेदेखि सञ्चालन हुने OPD सेवा बाहेको समयमा तथा आपत्कालीन अवस्थामा आइपर्ने असामान्य अवस्थामा मानिसहरू सेवा लिन आउने गरेको पाइन्छ। यस अस्पतालबाट आकष्मिक सेवा अन्तर्गत २४ सै घण्टा एक्स-रे, ल्याव सेवा लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ। इलाम जिल्लाका अतिरिक्त पूर्वी पहाडी जिल्ला पाँचथर तथा ताप्लेजुङबाट समेत यस अस्पतालमा सेवा लिन आउने गरेको पाइन्छ।
आकस्मिक (Emergency)
