मृगौला पूर्ण रुपमा बिग्रिएर मृगौलाले काम गर्न छोडेको बिरामीहरुको लागि जीवन संचालन गर्न दुइ वटा बिकल्पहरु बाँकी रहन्छ । एउटा उपाय मृगौला दाताबाट मृगौला लिई बिग्रेको मृगौला ट्रान्सप्लान्ट गर्ने र अर्को उपाय डायोलाइसिस गराउने । यिनै दुइ उपाय मध्येको डायलाइसिस सेवा यस अस्पतालले आ.व. २०७८/७९ को अन्त्यतिर २०७९ आषाढ १६ गतेबाट शुरुवात गरेको छ । यो सेवा संचालनको लागि इलाम नगरपालीका तथा रोटरी क्लव अफ धरानको आर्थिक तथा प्राविधिक सहयोगमा तीन वटा डायलाइसिस मेसिन प्राप्त भइ सेवा सरुवात भएको हो । हाल यो सेवा जि.स.स. बाट अस्पताललाई उपलब्ध गराइएको नयाँ भवनमा संचालित छ । बिबिध ब्यवस्थापकीय समस्याले गर्दा मेसिन प्राप्त भएको लामो समय पछि अस्पताल परिवार तथा सरोकारवालाको अथक प्रयास पछि सम्पूर्ण ब्यवस्थापकीय पक्षहरु मिलाएर सेवा आरम्भ गर्न अस्पताल सफल भएको छ ।
यो सेवा संचालनबाट इलाम जिल्ला लगायत पाँचथर ,ताप्लेजुङ्ग जिल्ला लगायतका पूर्बी पाहाडी जिल्लाका बिरामीहरुलाई पनि सेवा लिन सहज भएको छ । २०७९ आषाढ मसान्त सम्ममा ४ जना पुरुष र १ जना महिला गरी जम्मा ५ जना आ.व. २०७८/७९ मा नियमित सेवाको लागि समावेश भएका छन । २०७९ श्रावणमा स्वास्थ्य सेवा बिभाग आपूर्ति ब्यवस्था माहाशाखाबाट थप २ वटा डायलाइसिस मेसिन प्राप्त भएकोले अ.व. ०७९।०८० मा ५ वटा मेसिनबाट सेवा उपलब्ध गराउन सकिने अवस्था सिर्जना भएको छ ।