संविधानमा मौलिकहकको रुपमा ब्यवस्था भए अनुरुप जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई कार्यान्वयनमा ल्याई जनतालाई सर्वसुलभ, गुणास्तरीय र सस्तो मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्ने तथा आधारभूत स्वास्थ्य सेवामा सबैको पहँुच बढाउने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम आ.व. २०७३/७४ बाट तीन वटा जिल्लामा नमुना कार्यक्रमको रुपमा सुरु गर्यो । उक्त तीन वटा जिल्लाहरु मध्ये इलाम जिल्ला पनि एक हो र अन्य दुई जिल्ला बागलुङ्ग र कैलाली हुन् । इलाम जिल्लामा रहेका तीन वटा प्रथमिक स्वास्थ्य केन्द्र र एक वटा अस्पताल (इलाम अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमित बिरामीहरुलाई निरन्तर सेवा उपलब्ध गराउदै आएका छन् । यसै क्रममा इलाम अस्पतालले आ.व. २०७८/७९ मा ४४९०० (चौवालिस हजार नौ सय) भन्दा धेरै बीमित बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराई सकेको छ ।